सिद्धार्थ बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो, कति पाइन्छ ब्याज ?

२९ असार, काठमाडौं । सिद्धार्थ बैंकले आज आइतबारदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको छ । ऋणपत्रमा लगानी गर्न चाहनेले आवेदन दिन सक्नेछन् ।

१० वर्षे अवधिको यस ऋणपत्र २ अर्ब ५० करोड रुपैयाँ बराबरको छ । जसमा १ अर्ब रुपैयाँको ऋणपत्र सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्याएको छ । न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७.२५ प्रतिशत ब्याज पाउने छन् । यो ब्याज हाल बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिएकोभन्दा बढी हो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशतसम्मको ब्याज दिँदै आएका छन् ।

ऋणपत्रमा छिटोमा असा ३२ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा साउन ११ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

यस्तो ऋणपत्रलाई इक्रा नेपालले बीबीबी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो ऋणपत्र दोस्रो बजारमा पनि कारोबारमा आउने छ । साथै अन्य बैंकमा धितो राखेर ऋण सुविधा पनि पाइनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours