२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गाको लोन टु भ्यालु रेसियो र कर्जाको सीमा दुवै बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा र घरजग्गाको लोन टु भ्यालु रेसियो बढाएको घोषणा गरेका छन् ।
यससँगै अब व्यक्तिगत घरजग्गा खरिद गर्दा अघिकतम ३ करोड रुपैयाँसम्म बैंक लोन पाइने भएको छ । यस अघि २ करोड रुपैयाँ मात्र पाइन्थ्यो । यसैगरी, घरजग्गाको लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याइएको छ । यस अघि घरजग्गाको कुल मूल्यको ५० प्रतिशत मात्र बैंकले फाइनान्सिङ गर्दै आएको थियो । अब भने ७० प्रतिशत फाइनान्सिङ गर्नेछ ।
पहिलो घर खरिद गर्नका लागि भने मूल्यको ८० प्रतिशत कर्जा पाइने पनि उनले घोषणा गरे ।


+ There are no comments
Add yours