कोरोना महामारी पश्चात् कुल ग्राहस्थ उत्पादनमा स्थिर पुँजीको हिस्सा घट्दै 

२७ असार, काठमाडौं । कोरोना महामारी पश्चात् कुल ग्राहस्थ उत्पादन कुल स्थिर पुँजीको हिस्सा घट्दै गएको छ । कुल स्थिर पुँजीमा निजी क्षेत्रको पुँजी निर्माण अंश समेत न्यून हुँदै गएको बताइएको छ ।

वित्तीय मानसिकतामा लागत र कर्जाको ब्याजदर न्यून हुँदा पनि पुँजी निर्माण अपेक्षा अनुसार सुधार आउन नसकेको हुँदा निजी क्षेत्रको पुँजी निर्माण अंश समेत न्यून हुँदै गएको केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै बताएको हो ।

अर्थतन्त्रका सबल अग्र पृष्ठसम्म सम्बन्ध भएका एवम् उत्पादन र पुँजी निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउन प्रदान गर्ने क्षेत्रतर्फ वित्तीय साधन परिचालनमा दिनुपर्ने केन्द्रीय बैंकले जनाएकाे छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours