बागमती नदीमा दाउरा टिप्न गएका एक जनाको उद्धार, अर्का बालक बेपत्ता

२६ असार, जनकपुरधाम । रौतहटको माधवनारायण नगरपालिका-८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् । अर्का बालकको भने सकुशल उद्धार गरिएको छ ।

बिहीबार दिउँसो २ बजेतिर घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बगेर बेपत्ता भएका छन् ।

सुधीरसँगै दाउरा टिप्न गएका अर्का बालक १३ वर्षीय शिवजी पासवानलाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी सरोज डल्लाकोटीले जानकारी दिए ।

दुवै बालक दाउरा टिप्न गएको बेला अचानक अएको बाढीको भेलमा फसेका थिए ।

एकजना बेपत्ता भए पनि स्थानीयले तत्कालै सशस्त्र प्रहरी बोलाउँदा उद्धार गरिएको थियो ।

उद्धार गरिएका बालक नदीको बीचमा फसेर उद्धार कुरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

ती बालक नै बगेको भनेर भाइरल भइरहेको भिडियो असत्य रहेको प्रहरीले दाबी गरेको छ । बेपत्ता बालक सुधीरको खोजी कार्य गरिरहेको सूचना अधिकारी डल्लाकोटीले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours