२४ असार, काठमाडौं । स्थानीय बजारमा हरियो भटमासको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार हरियो भटमासको मूल्य बढेको देखाएको हो ।
आज थोकमा प्रतिकिलो १ सय ४८ रुपैयाँमा किनबेच भइरहेको हरियो भटमास सोमबार किलोको १ सय २० रुपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज किलोमा २८ रुपैयाँ बढेको हो ।
जेठ दोस्रो साता हरियो भटमास प्रतिकिलो १ सय १५ देखि १ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै वैशाख पहिलो साता भने हरियो भटमास प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँसम्म किनबेच भएको थियो ।


+ There are no comments
Add yours