हतारमा त्रुटिपूर्ण कानुन नबनोस् : सांसद किराँती

२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले लामो समयदेखि कानुन बनेको छैन भन्दैमा हतार हतार त्रुटिपूर्ण कानुन बनाउन नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल चलिरहेको छ । १२ वर्षभन्दा लामो समयदेखि आवश्यक कानुन बन्न नसकेको चर्चा गर्दै उनले तर हतारमा त्रुटिपूर्ण कानुन बनाउन नहुने धारणा राखे ।

छलफलमा सहभागी सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासको लागि विधेयक धेरै महत्वपूर्ण रहेको बताए । नेपाल कालोसूचीबाट नहट्दा नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश गइरहेको उनको भनाइ छ ।

‘नेपाल युरोपियन युनियनको कालोसूचीमा परेको छ,’ उनले भने, ‘यसले प्रत्यक्ष प्रभाव पर्ने गरी नेपाल वायुसेवा निगमलाई मात्रै हो । अरुसँग त जहाँज छैन । अरु विदेशी जहाँज त रोकेको पनि छैन । नेपाल ध्वजावाहकलाई मात्रै रोकेको हो । त्यसैले नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय सन्देश गइरहेको छ । यसमा हामी सबै चिन्तित हुनुपर्छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours