१७ असार, काठमाडौं । नामी ह्याचव्याक कारको मूल्य घटेको छ । नामी-०१ ह्याचव्याकको टप भेरियन्टको मूल्य घटेको हो ।
डोङफेङ नामी-०१ ह्याचव्याकको टप भेरियन्ट ई-३ को मूल्य १ लाख २० हजार रुपैयाँले घटेको छ । कम्पनीले यसअघि ३५ लाख ९९ हजार मूल्यमा बिक्री गर्दै आएको ई-३ भेरियन्टको नयाँ मूल्य ३४ लाख ७९ हजार रुपैयाँ कायम गरेर बिक्री सुरू गरेको हो ।
कम्पनीले ५० किलोवाटको इलेक्ट्रीक मोटर दिएर ल्याएको टप भेरियन्टमा राजश्व कम लाग्ने भएको कारण मूल्य घटाएको हो । यसअघि ७० किलोवाटको मोटर थियो ।
एमएडब्लू वृद्धिले गत भदौमा सार्वजनिक गरेको नामी-०१ ह्याचव्याक निकै सफल मोडल हो । नेपाल आएको एक वर्षभन्दा कम समयमा एक हजार युनिट आयात पुरा भएको नामी ह्याचव्याक डिजाइन, साइज, रेन्ज र सेग्मेन्ट फस्ट फिचरको कारण सफल हुँदै गएको देखिन्छ ।
नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलीजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधिले धेरैको मन जितेको छ ।
यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको प्यासेन्जर ड्रयर पनि रहेको छ । इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यसलाई अब्बल बनाएको छ ।
नामी-०१ मा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् ।
+ There are no comments
Add yours