१७ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा राष्ट्रिय सभाको साथ खोजेका छन् ।
खतिवडा नेतृत्वको समितिले पारित गरेको व्यवस्था भन्दा फरक रहेर विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि उनले राष्ट्रिय सभाको सहयोग खोजेका हुन् । प्रतिनिधिसभाबाट पारित भइसकेको हुँदा राष्ट्रिय सभाको सहयोग खतिवडाले खोजेका हुन् ।
खतिवडाले मंगलबार विज्ञप्ति निकालेरे संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसद्मा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना भएको बताएका छन् ।
उनले भने, ‘यो सामान्य अवस्था होइन । यस सम्बन्धमा छानबिनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु । त्यसैगरी कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन सम्मानित राष्ट्रिय सभालाई अनुरोध गर्दछु ।’
समितिबाट पारित भएको व्यवस्था उल्लेख गर्दै उनले भनेका छन्, ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन ।’
समितिमा लामो समयको छलफल पश्चात् सर्वसम्मतिले पारित गरेका विषय भएको उनले जानकारी गराएका छन् ।



+ There are no comments
Add yours