११ महिनामा जीवन बीमकद्वारा १ खर्ब ५४ अर्ब बीमाशुल्क सकंलन

१५ असार, काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ ÷ ८२ को जेठ महिनासम्ममा १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेकोे तथ्याङक अनुसार कम्पनीहरुले कुल १ करोड ३८ लाख ३६ हजार ३७५ वटा बमिा पोलिसी बिक्री गरी उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब, एशियन लाइफले ७ अर्ब ८६ करोड रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब ३२ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड रुपैयाँ, मेट लाइफले ५ अर्ब ५४ करोड ५रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

आइएमई लाइफले ४ अर्ब ७२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ । साथै, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours