एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार साँझ साढे ६ बजे प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने बताएका हुन् ।

बोर्डको पहिलो चरणको बोर्ड बैठक सकिएलगत्तै शर्माले सो जानकारी दिएका हुन् । प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

नतिजा प्रकाशनको प्रक्रियाको अन्तिम तयारी गरिरहेको बोर्डले जनाएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours