अवहेलनाको प्रतिवेदन सुनुवाइ गर्न विशेष अदालतमा सबै न्यायाधीशको इजलास गठन

१० असार, काठमाडौं । विशेष अदालतले अदालतको अवहेलना सम्वन्धी एक प्रतिवेदनमाथिको छलफलका क्रममा अहिलेसम्मकै बृहत्तर आकारको इजलास गठन भएको छ ।

विशेष अदालतका छ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेश गरेका थिए । त्यही प्रतिवेदनमाथि सुनुवाई गर्न विशेष अदालतका ६ जना न्यायाधीश सम्मिलित इजलास गठन गरिएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले नवराज सापकोटा लगायतले पेश गरेको प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाई गरेको हो ।

सामान्यतया: विशेष अदालतले भ्रष्टाचार मुद्दाको सुनुवाईमा तीन जना बाहेकका न्यायाधीशको इजलास गठन गरेको थिएन । तर, अवहेलनाको विषय जोडिएको भन्दै सबै न्यायाधीश सम्मिलित इजलास गठन गरेको हो ।

‘उक्त सञ्चारमाध्यममा श्रृङखलावद्ध रुपमा प्रकाशित समाचारले अवहेलनाको कसुर आकर्षित हुने देखियो, त्यसमा कारवाही हुनुपर्छ भनेर प्रतिवेदन पेश भएको हो’ विशेष अदालत स्रोतले भन्यो, ‘प्रारम्भिक सुनुवाई सकिएको छ, आज अपरान्हसम्म केही आदेश आउनसक्छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours