हट्यो चक्रपथभित्रको निषेधाज्ञा

०६ असार, काठमाडौं । काठमाडौंको चक्रपथभित्रको निषेधाज्ञा हटेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना निकालेर चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो ।

काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेको थियो ।

तर, हाललाई अब निषेधाज्ञा कायम नरहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जानकारी दिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours