सामाजिक सुरक्षाकोषमा आवद्ध हुनेको संख्या बढ्दै

०६ असार, काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो समय कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको हो ।

कोषको तथ्यांकअनुसार २३ लाख १४ हजार ९६ जना श्रमिक कोषमा जोडिएका छन् ।

कोषमा वैदेशिक रोजगारीबाट १७ लाख १९ हजार १५१ जना, अनौपचारीक क्षेत्रका ६०० जना र स्वरोजगारबाट ३८६ जना आवद्ध छन् ।

हालसम्म कोषमा योगदानकर्ताको ८१ अर्ब ८३ करोड रुपैयाँ रकम जम्मा भएको छ । जसमध्ये कोषले १५ अर्ब २० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कोषमा २ अर्ब २९ करोड ९४ लाख ९२ हजार १४४ रुपैयाँ रकम औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा जम्मा भएको छ । सो रकमको २ अर्ब २ करोड २६ लाख ९८ हजार २९५ रुपैयाँ कोषले दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ५ अर्ब १६ करोड ५ लाख ९५ हजार ६९५ रुपैयाँ कोषमा जम्मा भएकोमा ४४ करोड ३१ लाख ७ हजार ७८५ रुपैयाँ रकम कोषले दाबी भुक्तानी गरिसकेको कोषले जनाएको छ ।

वृद्ध अवस्था सुरक्षा योजनामा ६६ अर्ब ९० करोड ७० लाख ६३ हजार ५३१ रुपैयाँ संकलन भएकोमा कोषले १२ अर्ब ७४ करोड १२ लाख ५३ हजार ६७० रुपैयाँ रकम दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours