०६ असार, काठमाडौँ । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कूलले ‘एट होम ग्याजेट युज पोलिसी’ लागू गर्दै डिजिटल युगमा बालबालिकाको मानसिक स्वास्थ्य, एकाग्रता र सिकाईको गुणस्तरलाई प्राथमिकतामा राखेर एक महत्वपूर्ण कदम चालेको छ ।
आजको युगमा बालबालिकाहरूले मोबाइल, ट्याब्लेट र कम्प्युटरमा अनियन्त्रित रूपमा धेरै समय बिताइरहेका छन् । जसले उनीहरूको एकाग्रता, भावनात्मक सन्तुलन र पढाइमा नकारात्मक असर पारिरहेको छ । यसै समस्यालाई सम्बोधन गर्दै, प्रिमियर इन्टरनेसनल स्कूलले घरमा पनि डिजिटल वेलबिइङको संरचना प्रस्तुत गरेको छ । जसले विद्यालयीय सिकाईलाई घरसम्म विस्तार गरेको छ ।
स्कूलले अभिभावक प्रतिनिधिहरूसँगको सहकार्यमा पूर्व–प्राथमिकदेखि उच्च माध्यमिक विद्यालयसम्मका विद्यार्थीहरूका लागि उमेर अनुकूल र व्यावहारिक नीति तयार पारेको छ । यो नीतिले स्क्रिनको प्रयोग समय सीमित गर्ने, गुणस्तरीय विषयवस्तु निर्धारण गर्ने, अभिभावकले विशेष निगरानी गर्ने र परिवारसँग आत्मीय समय बिताउने संस्कारलाई पुनर्जीवित गर्न प्रोत्साहन गर्ने स्कूलको भनाइ छ ।
विश्वव्यापी रूपमा डिजिटल ओभरएक्सपोजरका लागि विभिन्न देशहरूले धेरै प्रतिबन्ध लगाएका छन् । उदाहरणका लागि, फ्रान्सले विद्यालयमा स्मार्टफोन प्रतिबन्ध लगाएको छ भने, अमेरिकामा किशोर–किशोरीका लागि सामाजिक सञ्जाल नियमन गर्ने व्यवस्था छ । यसै सन्दर्भमा नेपालमा प्रिमियर इन्टरनेसनल स्कूलले ‘एट होम ग्याजेट युज पोलिसी’ ल्याएर उदाहरणीय कार्य गरेको छ । यो नीतिले स्क्रिनको लत, ध्यान कमजोर हुनु, चिन्ता उत्पन्न हुनु, सामाजिक व्यवहारसम्बन्धी समस्या र साइबर सुरक्षाजस्ता विश्वव्यापी जोखिमहरूलाई सम्बोधन गर्दछ ।
अभियानमार्फत प्रिमियरले आफूलाई विश्वव्यापी शैक्षिक समस्याहरूसँग जुद्धै, ‘सधैँ अनलाइन रहने’ प्रवृत्तिको मनोवैज्ञानिक र विकासात्मक असरमाथि सचेत समाधान ल्याएको छ । यो नीति प्रिमियरको दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै, अन्तर्राष्ट्रिय समस्याहरूको समाधान नेपालको सन्दर्भमा कसरी लागू गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण पनि बनेको छ ।


+ There are no comments
Add yours