जी–सेभेनको बैठकले भन्यो– इरान क्षेत्रीय अस्थिरता र आतंकको असली स्रोत

०३ असार, काठमाडौं । क्यानडाको कानानास्किसमा आयोजित जी–सेभेनको बैठकले मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्ने निर्णय गरेको छ ।

इरान–इजरायल लडाइँमा केन्द्रित बैठकले इजरायलको पक्ष र इरानको विपक्षमा वक्तव्य जारी गरेको छ । इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको ठहर बैठकले गरेको छ । साथै इरान क्षेत्रीय अस्थिरता र आतंकको असली श्रोत भएको आरोप पनि जी–सेभन बैठकले लगाएको छ ।

नेताहरुले भनेका छन्– हामीले लगातार भनिरहेका छौं कि इरानले परमाणु हतियार राख्न पाउँदैन ।

उनीहरुले इरान–इजरायल युद्धले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पर्न सक्ने प्रभावबाट सतर्क रहँदै बजारमा स्थिरता कायम राख्न मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने बैठक नसकिँदै अमेरिका फर्किएका थिए । उनले पनि इरानले परमाणु हतियार राख्न नपाउने बताएका छन् । साथै तत्काल इरानको राजधानी तेहरान खाली गर्न उनले भनेका छन् ।

सोसल साइट ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले जुन सम्झौतामा हस्ताक्षर गर्न भनेको थिएँ, त्यसमा इरानले हस्ताक्षर गर्नुपथ्र्यो । तर मानव जीवनको बर्बादी हुनु लजमर्दो कुरा छ । सिधा शब्दमा भन्नुपर्दा इरानसँग परमाणु हतियार हुनुहुँदैन । मैले यो पटक पटक भनेको छु ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours