लस एञ्जलसमा हिंसा चुलिँदै, राष्ट्रिय सुरक्षा बल तुरुन्त बोलाउन राष्ट्रपति ट्रम्पद्वारा प्रहरी प्रमुखलाई आह्वान

२७ जेठ, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जलसमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै लस एञ्जलस प्रहरी प्रमुखलाई तुरुन्त नेशनल गार्ड अर्थात् राष्ट्रिय सुरक्षा बल बोलाउन आह्वान गरेका छन्।

“प्रशंसनीय लस एञ्जलस प्रहरी बिभागका प्रमुख जिम म्याकडोनेलले प्रदर्शनकारीहरू झन् आक्रामक बन्दै गइरहेको जनाएका छन् । प्रमुख म्याकडोनेलले आइतबार रातिको पत्रकार सम्मेलनमा भने, “अब यो अवस्था नियन्त्रणबाहिर पुगिसकेको छ। हामीले फेरि मूल्याङ्कन गर्नु जरुरी छ।”

एलएपीडी प्रमुखले भने, “हाम्रा अधिकारीहरू सीधा आक्रमणको सामना गरिरहेका छन्। आतिशबाजी ,आगलागी बम (सिसी बम), ढुंगा र अन्य वस्तु प्रयोग गरी प्रहरीलाई लक्षित गरिएको छ।”

अब सेनाको सहयोगबारे पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था आएको छ। उनले यो निर्णय अहिले नै लिनुपर्छ भन्दै ट्रम्पले जोड दिएका छन् ।

आइतबार मात्रै करिब ६० प्रदर्शनकारी पक्राउ परेका छन्। प्रदर्शनकारीहरुले बाटो समेत अवरुद्ध गरेका थिए। “आज राति केही व्यक्तिहरूले व्यावसायिक स्तरका घातक आतिशबाजी प्रयोग गरी हाम्रो अधिकारीहरु माथि हमला गरे। त्यसले ज्यानै लिन सक्छ,” म्याकडोनेलले भने।

लस एञ्जलस प्रहरीले सम्पूर्ण मुख्य शहर क्षेत्रलाई अवैध जमघट क्षेत्र घोषणा गर्दै सबै प्रदर्शनकारीलाई तुरुन्त क्षेत्र छाड्न चेतावनी दिएको छ। प्रहरीले स्थानीय बासिन्दा, व्यवसायी र पर्यटकहरूलाई सतर्क रहन र आपराधिक गतिविधिको जानकारी तुरुन्त दिन आग्रह गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours