२६ जेठ, काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार स्याउको मूल्यमा गिरावट देखाएको हो ।
आज सोमबार फुजी स्याउको मूल्य प्रतिकिलो ५० रुपैयाँ घटेको छ । आज फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो अधिकतम ३ सय रुपैयाँ कायम छ । औसतमा भने २ सय ७२ रुपैयाँ कायम छ ।
आइतबार फुजी स्याउ प्रतिकिलो अधिकतम ३ सय ८० रुपैयाँ र औसत ३ सय २२ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै झोले स्याउ प्रतिकिलो २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
जेठ पहिलो साता फुजी स्याउ थोकमा प्रतिकिलो अधिकतम ३ सय २० रुपैयाँ र औसतमा २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


+ There are no comments
Add yours