‘एनभिडिया’ बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी : एप्पललाई उछिनेपछि एआई प्रविधिमा नयाँ युगको संकेत

२४ जेठ, काठमाडौं । एनभिडियाले एप्पललाई पछि पार्दै विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीको उपाधि हासिल गरेको छ । शुक्रबारको सेयर बजारमा एनभिडियाको बजार पूँजीकरण ४३.५३ ट्रिलियन पुगेको थियो, जुन एप्पलको ४३.५२ ट्रिलियनभन्दा अलिकति माथि थियो ।

एआई चिप्सको मागले एनभिडियालाई उचाइमा

एनभिडियाको यो उपलब्धिको पछाडि कृत्रिम बौद्धिकता (एआई) को लागि यसको विशेष चिप्सप्रति बढ्दो माग मुख्य कारण हो । ओपन एआईजस्ता कम्पनीहरूले एआई प्रविधिमा भारी लगानी गरिरहेका छन् । जसले एनभिडियाको चिप्सको माग बढाएको छ । अक्टोबर महिनामा मात्र एनभिडियाको सेयर मूल्य करिब १८५ प्रतिशतले बढेको छ ।

एप्पलको चुनौती र एनभिडियाको अवसर

एप्पलको बजारमा हाल निक्कै गिरावट आएको छ । प्रमुख रुपमा चीनमा एप्पल ब्राण्डको मोवाइल फोनको बजार उल्लेख्य रुपमा घटेको छ । तेस्रो त्रैमासिकमा चीनमा आइफोनको बिक्री ०.३५ ले घटेको छ । उता हुवावेको बिक्री ४२५ प्रतिशतले बढेको छ । यसले एप्पलको बजार मूल्यमा असर पारेको छ ।

एनभिडियाको भविष्य र लगानीकर्ताको विश्वास

एनभिडियाको सीइओ जेन्सेन हुआङले कम्पनीको भविष्यप्रति आशावादी छन् । उनका अनुसार चीन विश्वको सबैभन्दा ठूलो एआई बजार हो । त्यहाँको सफलताले विश्वबजार आफ्नो किर्तिको झण्डा गाड्न सफल भएको छ ।

एनभिडियाले पहिलो त्रैमासिकमा ४४४.०६ अर्ब राजस्व प्राप्त गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६९५ प्रतिशतले वृद्धि भएको हो ।

एनभिडियाको यो उपलब्धिले एआई प्रविधिको भविष्यप्रति विश्वव्यापी लगानीकर्ताको विश्वास बलियो बनाएको छ । एप्पल र माइक्रोसफ्ट जस्ता कम्पनीहरूलाई पछि पार्दै एनभिडियाले प्रविधि उद्योगमा नयाँ युगको संकेत दिएको छ ।

एलएसईजीको तथ्याङ्क अनुसार एनभिडियाको सेयर मूल्य ०.८५ ले वृद्धि भई यसको कुल मूल्य ४३.४७ ट्रिलियन मा पुग्यो भने एप्पलको सेयर ०.४५ ले बढेर यसको मूल्य ४३.५२ ट्रिलियन रह्यो ।

यसअघि पनि जुन महिनामा एनभिडियाले पहिलो पटक विश्वकै सबैभन्दा मूल्यवान कम्पनीको उपाधि पाएको थियो । तर पछि माइक्रोसफ्ट र एप्पलले फेरि अग्रस्थानमा कब्जा जमाएका थिए । पछिल्लो केही महिनादेखि यी तीन प्रविधि कम्पनीहरू एक अर्कासँग कडा प्रतिस्पर्धामा थिए ।

हाल माइक्रोसफ्टको बजार मूल्य ४३.१८ ट्रिलियन रहेको छ । त्यसको सेयर पनि ०.८५ ले बढेको छ ।

एनभिडिया : एआई युगको मुख्य विजेता

सिलिकन भ्यालीस्थित एनभिडिया अहिले एआई कम्प्युटिङमा प्रयोग हुने चिपको मुख्य आपूर्तिकर्ता बनेको छ । एआई प्रविधिमा प्रभुत्व जमाउने होडमा रहेका माइक्रोसफ्ट, अल्फाबेट, मेटाजस्ता ठूला कम्पनीहरूबीचको प्रतिस्पर्धामा एनभिडिया अहिलेसम्मको सबैभन्दा ठूलो विजेता बनेको छ ।

९० को दशकदेखि भिडियो गेमको प्रोसेसर डिजाइन गर्दै आएको एनभिडियाको सेयर मूल्य अक्टोबर महिनामा मात्र करिब १८५ ले उक्लिएको छ । यो वृद्धिमा विशेष भूमिका च्याटजीपीटीको निर्माता कम्पनी ओपेन एआई ४६.६ अर्ब को लगानी घोषणा गरेपछि आएको हो ।

शुक्रबारको दिन एनभिडियासहित अन्य सेमीकन्डक्टर कम्पनीहरूको सेयर मूल्य पनि उकालो लाग्यो । यसको पछाडि वेस्टर्न डिजिटलले विश्लेषकहरूको अनुमान भन्दा बढी आम्दानी गरेको समाचार थियो । जसले डेटा सेन्टर प्रति लगानीकर्ताको विश्वास बलियो बनाएको छ ।

एआईप्रतिको विश्वास : एनभिडियाको उचाइ

एजे बेलका लगानी निर्देशक रस मौल्डका अनुसार अहिले धेरै कम्पनीहरूले आफ्नो दैनिक कार्यहरूमा एआई समावेश गरिरहेका छन् । एनभिडियाको चिपहरूमा माग अत्यधिक परिमाणमा बढ्दै गएको छ ।

उनी थप भन्छन्, एनभिडिया अहिले साँचिकै ‘स्वीट स्पट’ मा छ । जबसम्म अमेरिका ठूलो आर्थिक संकटमा पर्दैन, कम्पनीहरूले एआई प्रविधिमा भारी लगानी जारी राख्ने विश्वास छ, जुन एनभिडियाका लागि ठुलो अवसर हो । गत मंगलबार एनभिडियाको सेयर मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको थियो ।

एप्पलको चुनौती र एनभिडियाको उचाइ

आगामी बिहीबार एप्पलले आफ्नो त्रैमासिक नतिजा सार्वजनिक गर्नेछ । विश्लेषकहरूको औसत अनुमान अनुसार एप्पलको राजस्व ५.५५५ ले बढेर ४९४.५ अर्ब पुग्नेछ । यसको तुलनामा एनभिडियाको राजस्व ८२५ ले उक्लेर ४३२.९ अर्ब पुग्ने आँकलन गरिएको छ ।

प्रविधि बजारमा यी कम्पनीहरूको प्रभाव

एनभिडिया, एप्पल र माइक्रोसफ्टको सेयर मूल्यको प्रभाव अमेरिकी प्रविधि बजार मात्र होइन, एस एण्ड पी ५०० सूचकांकमा पनि अत्यन्तै ठूलो छ । यी तीन कम्पनीले सूचकांकको करिब पाँचौं भाग प्रतिनिधित्व गर्छन् ।

हालैका दिनमा एआई प्रविधिप्रति बढ्दो आशावाद, अमेरिकी फेडरल रिजर्भले चाँडै ब्याजदर घटाउने अपेक्षा र कमाइ सिजनको सकारात्मक सुरुआतले एस एण्ड पी ५०० लाई नयाँ कीर्तिमानमा पु¥याएको हो ।

एनभिडियाको सेयर मूल्यको उच्च वृद्धिले अप्सन ट्रेडिङ गर्ने लगानीकर्ताहरूमा पनि चासो बढाएको छ । पछिल्ला महिनाहरूमा एनभिडियाका अप्सनहरू सबैभन्दा बढी कारोबार हुने मध्येका भएका छन् ।

लगानीकर्ताको आशंका : दीर्घकालीन टिकाउपन

एनभिडियाको सेयर मूल्य यस वर्ष हालसम्म करिब १९०५ ले बढिसकेको छ । यो वृद्धिको पछाडि जेनेरेटिभ एआई को विकासले ल्याएको बजार माग मुख्य कारण हो ।

चेरी लेन इन्भेस्टमेन्ट्सका रीक मेकलर भन्छन्, ‘के यो राजस्व प्रवाह दीर्घकालीन टिकाउ हुन्छ ? वा लगानीकर्ताको भावना र आशावादले मात्रै बजार उचालिरहेको हो ?’

You May Also Like

More From Author

+ There are no comments

Add yours