२४ जेठ, काठमाडौँ । गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ। पछिल्लो समय उपत्यकावासीबिच र्याफ्टिङ चर्चित छ ।
उपत्यका बासिन्दाका लागि त्रिशूली र भोटेकोसी र्याफ्टिङको मुख्य गन्तव्य हो । राफ्टिङकै लागि भनेर खोलिएका रिसोर्ट सुनकोसी करिब दुई दर्जनको हाराहारीमा छन् ।
ती रिपोर्टहरूमा उपत्यकाबाट हरेक शुक्रबार ३ देखि ४ हजारको हाराहारीमा मानिस राफ्टिङको लागि आउने गरेको र्याफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई बताउँछन् ।






+ There are no comments
Add yours