आज – २२ जेठ २०८२ बिहिवार को राशिफल

२०८२ जेठ २२ गते, बिहीवार, ५ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष दशमी तिथि। उत्तरफाल्गुनी नक्षत्र, ५ः५९ बजेपछि हस्त। चन्द्रराशि कन्या।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। तर परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। योजना कार्यान्वयनमा प्रतिस्पर्धीहरूले बाधा पुर्याउलान्। समयमा रकम नजुट्नाले काम राेकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।

वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह

रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। साेचेकाे काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

ईर्ष्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर रहला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। सहयाेगीहरूले साथ दिन छड्नेछन्। काम बिग्रनाले मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ, सजग रहनुहाेला। कृषिक्षेत्रमा बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार-व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिन रमाइलो र उत्साहपूर्ण रहनेछ। विभिन्न भौतिक साधन जुटाउने समय छ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। साेचेकाे उपलब्धि प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

चिताएको काम काम सजिलै सम्पादन हुनेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कीर्तिमानी कामको यश लिने मौका छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ।

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यापारमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। तापनि काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। यात्राकाे साइत जुर्न सक्छ।

वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। सट्टापट्टा तथा चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेतले सफलता दिलाउनेछ।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। तर प्रतिफलका लागि समय पर्खनुपर्नेछ। कामको लगानी अरूका लागि खर्च हुन सक्छ। सामान्य आम्दानी भने भइरहनेछ।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेत गर्दा तारिफयाेग्य काम सम्पादन हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। कामको चुनौती समाप्त हुनेछ। नाम र दाम हातलागी हुनेछ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

कामको चाप बढ्नेछ भने बन्दै गरेको काममा अवराेध आउन सक्छ। श्रमपूर्वक समर्पित हुँदा समेत लाभ उठाउन नसकिएला। आक्षेप लगाउनेहरूले दु:ख देलान्। वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले व्यवहारमा समस्या पर्ने देखिन्छ। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, च

परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। तर सबै काममा अरूको मुख ताक्नाले पछि परिनेछ। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला।

You May Also Like

More From Author

+ There are no comments

Add yours