तीनकुने घटनाका अभियुक्तको थुनछेक बहस सुरु

२१ जेठ, काठमाडौं । तीनकुने घटनाका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ । बुधबार दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु भएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा बहस जारी छ ।

अदालतमा गत ११ जेठमा अभियोग पत्र दर्ता भएसँगै बकपत्र चलिरहेको थियो । बकपत्र सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बुधबारदेखि थुनछेक बहस सुरु भएको हो ।

गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुँदा दुईजाको ज्यान गएको थियो भने आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । प्रहरीले सो हिंसात्मक घटनामा संलग्न रहेको भन्दै ६५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवलगायतका मुद्दामा उनीहरूलाई प्रतिवादी बनाइएको छ ।

प्रसाईंसहित आठजनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ । उनीहरूमध्ये अभियोग पत्रसाथ अदालतमा पेश गरिएका ३९ जनाको एकसाथ थुनछेक सुरु भएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours