२१ जेठ, काटमाडाैँ । चलचित्र ‘जदौ’को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित हुनुभएको छ । सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने यो चलचित्रको परिकल्पना र लेखन काजी लिम्बुको छ । चलचित्रको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन ।
भदौबाट छायांकन सुरु गरिने चलचित्रलाई श्याम तामाङले छायांकन गर्नुुहुने छ । बुद्धि माझी निर्माण ब्यबस्थापन रहेको चलचित्रका गीतमा बाबुल गिरीको संगीत रहने छ ।
चलचित्रको सहनिर्मातामा ओम चेम्जोङ, राजाराम सुवेदी र शान्ता तामाङ रहनुभएको छ । अन्य कलकार तथा प्राविधिक बारे चाडै नै जानकारी दिइने समिश्रण मुभिजका निर्देशक अञ्जन शर्माले बताउनुभयो । फिल्म ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना निर्माण टिमको छ ।



+ There are no comments
Add yours