भारतमा कोरोना तीव्र गतिमा फैलिँदै

१८ जेठ, काठमाडाैँ । छिमेकी मुलुक भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना सक्रिय कोरोना सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।पछिल्लो ६ दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन गुणा बढी देखिएको हो । यसअघि १५ राज्यमा कोरोना सङ्क्रमित फेला परेको थियो । तर, पछिल्लो तथ्याङ्क अनुसार कोरोना फैलिएको राज्य २६ पुगिसकेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार केरलामा ६४ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै केरलमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय पुगेको छ ।

महाराष्ट्रामा ४८५, दिल्लीमा ४३६, गुजरातमा ३२०, पश्चिम बंगालमा २८७, कर्नाटकमा २३८, तमिलनाडुमा १९९ र उत्तर प्रदेशमा १४९ जना सङ्क्रमितको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छने । धेरै जसो संक्रमितहरू होम आइसोलेसनमै कोरोना मुक्त भएका छन् ।

कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । केरलमा ६३ वर्षीय एक पुरुष र कर्नाटकमा २४ वर्षीय युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । दुवै जना मृतक अन्य रोगबाट पनि ग्रसित थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours