कोशी र गण्डकी प्रदेशमा भारी बर्षा, अन्य प्रदेशको मौसम कस्तो रहला ?

१६ जेठ, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने जनाएको छ । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी प्रदेश र बागमती प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र बाँकी उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

यसैगरी, आज राति कोशी प्रदेशको केही स्थानहरूमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र बाँकी उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours