टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

१३ जेठ, काठमाडौँ । विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ। यो नयाँ इन–एप टुल प्रयोगकर्ताहरूलाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले ल्याइएको हो।

साथै, टिकटकले २.३ मिलियन डलरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेशन फन्ड’ समेत घोषणा गरेको छ, जसले विश्वभरका विश्वसनीय संस्थाहरूलाई सहयोग पुर्याउनेछ।

विद्यालय जीवनमा रहेका किशोरकिशोरीदेखि दैनिक जिम्मेवारी सम्हालिरहेका युवापुस्तासम्मका सबै प्रयोगकर्ताले यो नयाँ टुल प्रयोग गरेर सजिलो रूपमा मेडिटेसन गर्न सक्नेछन्। टिकटकको यो पहल डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताको एक महत्वपूर्ण पाटो हो।

‘मेडिटेशन’ सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ

टिकटकले पहिलेबाट सञ्चालनमा रहेको (स्लिप आवसर्) फिचरलाई विस्तार गर्दै अब त्यसमा ‘मेडिटेसन’ सुविधा पनि समावेश गरिएको छ। यस सुविधामार्फत प्रयोगकर्ताहरूलाई राति सुत्नुअघि शान्त र सन्तुलित महसुस गराउने उद्देश्यले गाइडेड मेडिटेसन उपलब्ध गराइएको छ।

अनुसन्धानहरूले मेडिटेसनले निद्राको गुणस्तर सुधार गर्ने देखाएका छन्। त्यसैले अब यो सुविधा सबै उमेरका प्रयोगकर्तालाई उपलब्ध गराइएको छ। १८ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि यो सुविधा स्वतः सक्रिय हुन्छ।

राति १० बजेपछि किशोरकिशोरीको फर यु फिडमा मेडिटेसन देखाइन्छ र उनीहरूले अझै स्क्रोल गर्न जारी राखेको खण्डमा मेडिटेसनको दोस्रो स्क्रिन देखिन्छ जसलाई भने सजिलै हटाउन सकिँदैन। हालसालै गरिएको आन्तरिक परीक्षण अनुसार ९८ प्रतीशत किशोरकिशोरीले यो मेडिटेसन फिचर राख्न रोजेका छन्।

वयस्क प्रयोगकर्ताले आफ्नो चाहना अनुसार स्क्रिन टाइम सेटिङमा गई स्लिप आवर्स सक्रिय गर्न सक्छन्। आजको व्यस्त दुनियामा आराम धेरै जरुरी हुन्छ। विशेषज्ञहरूले तनाव कम गर्न र ध्यान केन्द्रित गर्न दिनमा कम्तीमा १० मिनेट मेडिटेसन गर्न सुझाव दिन्छन्।

जामा इन्टर्नल मेडीसीन एन्ड हावार्ड हेल्थका अध्ययन अनुसार सुत्नुअघि १०–१५ मिनेट ध्यान गर्नाले निद्रा सुधार हुने, चिन्ता घटाउने र भावनात्मक सन्तुलन कायम गर्न सहयोग गर्दछ।

प्रविधि, समुदायको सहभागिता र गैर—नाफामूलक संस्थासँगको सहकार्यमार्फत टिकटकले आफूलाई मनोरञ्जन मात्र होइन, सकारात्मक परिवर्तन ल्याउने प्लेटफर्मका रूपमा प्रस्तुत गर्न खोजेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours