एनी कुँवरविरुद्ध पनि चलेन मुद्दा, रिहा भइन्

१३ जेठ, काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेकी एनि कुँवरविरुद्ध पनि मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन पठाएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय भने उनी संलग्न रहेको भन्ने पर्याप्त आधार र प्रमाण नरहेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै उनी गत आइतबार परिसरको हिरासतबाट छुटेकी छिन् । कुँवर पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि उनी अनुसन्धानमा तानिएकी थिइन् ।

१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो, २० जनालाई प्रहरीको गोली लागेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours