३४ उपनिर्देशक नियुक्त गर्दै राष्ट्र बैंक, अन्तर्वार्ताका लागि ६४ छनोट

१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३४ जना उपनिर्देशकको पदपूर्ति गर्ने भएको छ ।

खुला प्रतिस्पर्धाको लिखित परीक्षा भई ६४ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

केन्द्रीय बैंकका अनुसार अधिकृत तृतीय श्रेणीमा प्रशासन सेवाको खुला प्रतियोगिता मार्फत नियुक्त कर्मचारी पदपूर्ति गर्न लागेको हो । उक्त प्रतिस्पर्धाको लिखित परीक्षा १८, १९ र २० पुस २०८१ मा भएको थियो ।

लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारलाई केन्द्रीय बैंकले २४ र २५ जेठमा अन्तर्वार्तामा बोलाइएको केन्द्रीय बैंकले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours