यामाहा नेपालद्धारा नेश्नल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न

१२ जेठ, काठमाडौँ । यामाहा नेपालले देशभरिका दक्ष प्रविधिकहरूको प्रतिभा, ज्ञान र समर्पणलाई सम्मान गर्दै ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ काठमाडौँमा भव्य रूपमा सम्पन्न गरेको छ । यस राष्ट्रियस्तरीय प्रतिस्पर्धामा देशभरबाट छानिएका उत्कृष्ट सर्भिस टेक्निसियनहरू सहभागी भएका थिए ।

यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न प्रतियोगितामा सहभागी प्रविधिकहरूले यान्त्रिक परीक्षण, समस्या पहिचान, लिखित परीक्षा, भाइभा लगायतका चुनौतीहरू पार गरेका थिए । प्रतिस्पर्धाले उनीहरूको प्राविधिक दक्षता, सटीक मूल्यांकन क्षमता र ग्राहक सेवा प्रतिबद्धतालाई मापन गरेको थियो ।

प्रतियोगिताको अन्त्यमा यामाहाले विजेताहरूको घोषणा गरेको छ । जसमा बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोककी सुकदेव कुमार माझी विजेता घोषित भएकी छन् भने तिरुपति अटो प्यालेस, विराटनगरका रोनित श्रेष्ठ प्रथम उपविजेता भएका छन् । त्यस्तै, जेएस अटोमोबाइल्स, सतुंगलका सागर त्वाती र जीएसएस ट्रेडर्स, लम्कीका विनोध चौधरी दोस्रो उपविजेता भएका छन् ।

यी विजेताहरूले यामाहाको सर्भिस नेटवर्कमा गुणस्तरीय सेवा दिनसक्ने क्षमता राख्ने मात्र नभई ग्राहक सन्तुष्टिमा उल्लेखनीय योगदान पु¥याउने प्रमाणित गरेका छन् ।

कार्यक्रममा एमएडब्लु राइड्सका सीईओ दीपक कुमार अग्रवालले भने, “यामाहा एक ब्रान्ड मात्र नभई प्रविधिमा आधारित उच्च स्तरीय मोबिलिटी समाधान हो । दक्ष प्रविधिकहरूमै उत्कृष्ट यामाहा अनुभवको आधार हुन्छ । हामी जनशक्तिमा लगानी गर्दै सही तालिम, उपकरण र अवसरमार्फत उनीहरूलाई सक्षम बनाउँदैछौँ ।”

उनका अनुसार यो प्रतियोगिता प्रतिस्पर्धा मात्र नभई सिकाइ र विकासको महत्वपूर्ण पाटो हो, जसले ग्राहक सन्तुष्टि र ब्रान्ड प्रतिबद्धतालाई अझ सशक्त बनाएको छ । जापानी प्रविधिमा आधारित यामाहा नेपालले देशभर सशक्त सर्भिस नेटवर्कमार्फत उत्कृष्ट सेवा दिँदै आएको छ । दक्ष जनशक्ति विकासमार्फत यामाहा नेपालको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झनै मजबुत भएको स्पष्ट देखिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours