सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि

०८ जेठ, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ । बुधबारको तुलनामा चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिन्छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३३६.२ अमेरिकी डलर र चाँदी प्रतिऔँस ३३.६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours