नेपाल टेलिकमको नाफा ४८.६७ प्रतिशतले घट्यो

०५ जेठ, काठमाडौँ । नेपाल टेलिकम लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६.०२ प्रतिशत घटेर २ अर्ब ८० करोड ३५ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ८.८९ प्रतिशत घटेर २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँमा सिमित भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १९ रुपैयाँ ९६ पैसा घटेर २१ रुपैयाँ ५ पैसामा सीमित भएको छ। चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.७४ गुणा रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours