०३ जेठ, काठमाडाैँ । टोखा नगरपालिकाको बसुन्धारामा दोस्रो संस्करणको “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता शनिबारदेखि टोखाको बसुन्धारास्थित हेराल्ड इन्टरनेशल कलेजमा सुरु भएको छ ।
एसकेबिसीको आयोजना र टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले संयुक्त रूपमा प्रतियोगिताको गरे ।
सो अवसरमा मेयर अधिकारीले तेक्वान्दो खेलको विकास र प्रवद्र्धनका लागि सदैव टोखा नगरपालिका समर्पित रहने बताउदै टोखा नगरपालिका भित्रका सम्पूर्ण खेलाडीहरूको हक र हितका लागि नगरपालिकाको तर्फबाट सदैव साथ र सहयोग रहने बताए ।
उद्घाटन समारोहमा न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता एवं पत्रकार बिरेन्द्र जैरुलाई सम्मान गरिएको थियोे । त्यसैगरी आज सम्पन्न १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्षमुनिका पुम्से विजेताका साथै गेरोगी १३ वर्ष मुनिका विजेता खेलाडीहरुलाई पदक प्रदान गरिएको छ ।
प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका ५ सयभन्दा बढी सिनियर जुनियर खेलाडीहरुको सहभागिता रहेको छ ।
सह–आयोजक तथा प्राविधिक सहयोग वाग्मती प्रदेश तेक्वान्दो संघ रहेको प्रतियोगिता आइतबारसम्म चल्नेछ
प्रतियोगिताका विजेता खेलाडीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट महिला, पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक र निर्णायक एक/एक थान ओप्पो मोबाइल सम्मानसहित प्रदान गरिने आयोजक एसकेबिसीका तेक्वान्दो मुख्य प्रशिक्षक रञ्जित डंगौराले बताए ।


+ There are no comments
Add yours