एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध

०२ जेठ, काठमाडौँ । एनआईसी एशिया बैंकले लिलाम बिक्रीसम्बन्धी विशेष पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकिङ सम्पत्तिहरू, बैंकको नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।

यो अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी उपलब्ध गराएको छ । त्यसका लागि ग्राहकले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं सम्पत्तिको स्थान पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने छन् ।

यसरी ग्राहकहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाँले जानकारी दिए ।

उनका अनुसार अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैरबैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरू र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकहरूले अनलाइन पोर्टलबाटै विस्तृत विवरणहरूको जानकारी लिई लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours