गालामा चड्काउने इन्स्पेक्टर र खाने हवल्दारको जिम्मेवारी चैट

०१ जेठ, काठमाडौँ । काठमाडौंको नागढुंगामा कुटपिटमा संलग्न प्रहरी कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार उक्त कार्यमा संलग्न दुवैलाई अहिलेको जिम्मेवारीबाट हटाइएको छ।

बुधबार ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले प्रहरी सहायक हवल्दार अमर खड्कालाई थप्पड हान्नुका साथै लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

भिडिओ सार्वजनिक भएपछि दुवैलाई प्रधान कार्यालय बोलाइएको थियो।

लगत्तै उनीहरूलाई जिम्मेवारीबाट हटाएर अहिले छानबिनको प्रक्रिया अघि बढाइएको खनालले जानकारी दिए।

उक्त विषयमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours