३० वैशाख, काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ मा करिब ९ अर्ब रुपैयाँ लगानीमा ब्रहायाणी जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।
४५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरुङको प्रवेशद्धारमा स्विच थिचेर विस्फोट गराई सुरुवात गरेका हुन् ।
५.५ किलोमिटर सुरुङ निर्माण गरेर ब्रहायणी नदीको पानी लगी विद्युत निर्माण गरिने आयोजना कम्पनीका अध्यक्ष भरत पराजुलीले बताए । ३ वर्षभित्र आयोजना सकिने उनकाे भनाइ छ ।
आयोजनाले २७ किलोमिटरको प्रवेशमार्ग निर्माण तथा मर्मत गरिसकेको छ । जसमा ४ कि.मि. नयाँ ट्रयाक पनि समावेश छ ।


+ There are no comments
Add yours