१६ घण्टापछि खुल्यो बिपी राजमार्ग

३० वैशाख, काठमाडौं । रोशी खोलामा आएको बाढीका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ ।

गएरातिदेखि अवरुद्ध राजमार्ग बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरेर सडक पूर्ण रुपमा सञ्चालमा ल्याइएको हो । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित मंगलटारतर्फको सडक बाढीले बगाउँदा १६ घण्टादेखि अवरुद्ध भएको थियो ।

केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले जानकारी दिए । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours