काउलीको मूल्य बढ्दा बन्दाको घट्यो

२८ वैशाख, काठमाडौं । स्थानीय बजारमा काउलीको मूल्य बढ्दा अर्को तरकारी बन्दाको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार यी दुई तरकारीको मूल्य घटबढ भएको देखाएको हो ।

कालीमाटी बजारमा आज स्थानीय काउलीको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । यस्तै लोकल बन्दाको मूल्य प्रतिकिलो ५ रुपैयाँ घटेको छ ।

शनिबार स्थानीय काउली प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार काउली प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै शनिबार बन्दा प्रतिकिलो १७ रुपैयाँमा किनबेच भएकोमा आज भने प्रतिकिलो १२ रुपैयाँमा कायम छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours