आईपीएल क्रिकेट एक साताका लागि स्थगित

२६ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट एक साताका लागि स्थगित भएको जनाइएको छ ।

यसअघि प्रतियोगिता स्थगित भएकोबारे भारतीय सञ्चारमाध्यमहरूमा विभिन्न रिपोर्टहरू आइरहेका थिए। आधिकारिक रूपमा आईपीएलले एक हप्ता स्थगित गरिएको जानकारी दिएको छ।

आईपीएल गभर्निङ काउन्सिलले टिम, खेलाडी, प्रसारक, प्रायोजक र दर्शकहरूको धारणा र चिन्तालाई ध्यानमा राख्दै सबै सरोकारवालासँग छलफल गरेर यो निर्णय गरेको जनाएको छ।

बीसीसीआईले भारतीय सुरक्षाकर्मीहरूमाथि पूर्ण विश्वास रहेको बताउँदै सबैको हितका लागि यो निर्णय लिइएको जनाएको छ।

आईपीएलमा बिहीबार ५८औं खेलमा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच खेल चल्दै गर्दा बीचमै रोकिएको थियो ।

त्यसबेला फ्लडलाइटको समस्याले गर्दा खेल रोकिएको बताइएपनि पाकिस्तानले भारतको जम्मु क्षेत्रमा आक्रमण गरेको खबर बाहिरिएपछि सुरक्षाका हिसाबले खेल रोकिएको बुझिएको थियो ।v

You May Also Like

More From Author

+ There are no comments

Add yours