सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या बढ्दै, हालसम्म कति भयो भुक्तानी ?

२३ वैशाख, काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ ।

कोषले अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा कोषको सिद्धान्त अनुसार विभिन्न योजनामा सेवा सुविधा दिन थालेपछि कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको हो ।

कोषका अनुसार हालसम्म सबैभन्दा बढी वैदेशिक रोजगारबाट १६ लाख २३ हजार १३४ जना आवद्ध भएका छन । यस्तै औपचारिक क्षेत्रबाट ५ लाख ७९ हजार ७०८ जना, अनौपचारिक क्षेत्रबाट ४५९ जना र स्वरोजगार क्षेत्रबाट ३४३ जना गरी जम्मा २२ लाख ३ हजार ६४४ जना आवद्ध भएका छन ।

उक्त संख्यामा योगदानकर्ता आवद्ध हुदाँ ७९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भएको छ । जसमध्ये कोषले १४ अर्ब ३४ करोड रुपैयाँ दाबी भुक्तानी गरि सकेको छ ।

कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब २१ करोड ३६ लाख ५५ हजार ८०४ रुपैयाँ जम्मा भएकोमा १ अर्ब ९२ करोड ४४ लाख ४९ हजार ७५९ रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ३ अर्ब ५ करोड १५ लाख ७० हजार ७२ रुपैयाँ संकलन भएकोमा १८ करोड ८९ लाख ४२ हजार ९७५ रुपैयाँ भुक्तानी भएको छ । आश्रित परिवार सुरक्षा योजनामा ६१ करोड २८ लाख ३६ हजार ३९४ रुपैयाँ संकलन भएकोमा २२ करोड ९९ लाख ९१ हजार ४९ रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरि, वृद्ध अवस्था सुरक्षा योजनामा ६२ अर्ब ३९ करोड ३१ लाख ८ हजार ९५८ रुपैयाँ संकलन भएकोमा ११ अर्ब ९९ करोड ८४ लाख १ हजार ४८६ रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours