नीति तथा कार्यक्रम १२ वर्षदेखि सुन्दै छु, सँधै कर्मकाण्डी छ : स्वर्णिम वाग्ले

२३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले ‘उपादयता धेरै नभए पनि परम्परा धान्ने’ काम नीति तथा कार्यक्रमले गरेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले आफूले विगत १२ वर्षदेखि नीति तथा कार्यक्रम सुन्दै आएको बताए । ‘यो मैले १२ वर्षदेखि चाल लिएर सुन्दै आएको कुरा हो । जो कर्मकाण्डमै सीमित छ,’ उनले भने ।

निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै नीति तथा कार्यक्रमको उपादयता हुने उनले बताए । यस वर्षको नीति तथा कार्यक्रम सुनिसकेपछि आफूले ‘थाकेको सरकारले जाँगर नल्याइ ल्याएको पूरानै कार्यसूची’ भनेर प्रतिक्रिया दिएको स्मरण गरे ।

यसको कारण खोतल्दा पनि नीति तथा कार्यक्रमको उपादयता नभेटिने उनको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours