नारायणी अस्पताल विरगंजका तत्कालीन मेडिकल प्रमुख सहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्धा

२१ वैशाख, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल विरगंजका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुर सहित ९ जना विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्धा दर्ता गरेको छ ।

अख्तियारले ५ करोड ५३ लाख १५ हजार ३७५ रुपैयाँ बिगो दाबी गरेर विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको होे ।

आयोगले ठाकुर सहित शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त प्रमुख सकुर अन्सारी र नारायणी अस्पताल वीरगंजका तत्कालीन नायब सुब्बा शुशिल प्रसाद यादव र तत्कालीन लेखापाल सुदिप कुमार माझी सँग समान १ करोड ८४ लाख ३८ हजार ८५८ रुपैयाँ बिगो मागदाबी सहित मुद्धा दायर गरेको हो । अरुको हकमा मागदाबी गरिएको छैन ।

यस्तै, आयोगले मुल्याङ्कन समिति संयोजक डा. विरेन्द्र प्रधान, सदस्य सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक जगत बुढा, लुम्बिनी बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मा र लुम्बिनी मिसन जे.भी. विरुद्ध पनि मुद्धा दायर गरेको छ ।

आयोगका अनुसार नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माणको ठेक्कामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत बोलपत्रमा मिलेमतो गरि राज्यलाई हानी नोक्सानी गरेको, शिवाको विकास ब्रदर्स वि.जी जे.भी.ले काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामा सामान्य कुरालाई बदनियतपुर्वक बोलपत्रमा समावेश गरि लक्षित बोलपत्र बाहेक अरुलाई असफल गरेको आयोगको दाबी छ ।

यस्तै, लागत अनुमानमा नरहेका समान थप गरि सार्वजनिक निमार्ण कार्यमा प्रतिस्पर्धा सिमित हुने गरि सम्झौता गरी सरकार र नारायणी अस्पताललाई गैरकानुनी हानी नोक्सानी पुर्याएको पुष्टि भएको उल्लेख गरि आयोगले मुद्धा दायर गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours