सरकारले नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने

१९ वैशाख, काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरे ।

‘नेपाल स्टक एक्स्चेन्जको पुर्नसंरचना गरी पूँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ’ पौडेलले घोषणा गरे । नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्न सरकारको बहुस्वामित्व सेयर घटाउनुपर्ने हुन्छ ।

हाल नेप्सेमा सरकारको ५८ प्रतिशत सेयर हिस्सा छ । साथै धितोपत्र बोर्डलाई सुदृढीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours