१५ बैशाख, काठमाडाैँ । मिती २०८२ साल बैशाख १६ गते मंगलबार बैशाखशुक्ल द्वितीया तिथी राती ८ / ४० बजेसम्म त्यस उप्रान्त तृतीया तिथी भएको हुनाले हिन्दू धर्मका अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमा छैठौँ अवतार मानिएको छ ।परशुरामको मुख्य हतियार परशु (बन्चरो) भएकोले उनको नाम परशुराम भएको मानिन्छ ।
परशुरामका पिताको नाम ऋषि जमदग्नि र माताको नाम रेणुका थियो ।परशुराम एक ऋषिपुत्र भए पनि उनमा क्षत्रीय गुणहरू थिए ।भृगुले आफ्नो पुत्रको विवाहका विषयमा थाह पाएर धेरै प्रसन्न भए तथा आफ्नी पुत्रवधूसँग वर माँग्नकोलागी भने ।उनसंग सत्यवतीले आफ्नो तथा आफ्नी माताको लागी पुत्र जन्मको कामना गरिन् ।भृगुले उनी दुवैलाई चरु भक्षणार्थ दिएर भने कि ऋतुकालका उपरान्त स्नान गरेर सत्यवतीले गूलरको रुखमा र उनकी माताले पीपलको रुखमा आलिंगन गरे भने दुबै जनालाई पुत्र प्राप्त हुने छन् ।आमा-छोरीले चरु खाँदा फेर बदल भयो ।दिव्य दृष्टिबाट देखर भृगु पुनः वहाँ आए तथा उनले सत्यवतीसंग भने कि तिम्री माताको पुत्र क्षत्रिय भएर पनि ब्राह्मणोचित व्यवहार गरला तथा तिम्रो छोरो ब्राह्मणोचित भएर पनि क्षत्रियोचित आचार-विचार वाला होला । धेरै अनुनय-विनय गर्दा भृगुले माने कि सत्यवतीको छोरो ब्राह्मणोचित रहला किंतु नाती क्षत्रियहरूको जस्तो कार्य गर्ने वाला होला ।सत्यवतीका पुत्र जमदग्नि मुनि भए । उनले राजा प्रसेनजितकी पुत्री रेणुकासंग विवाह गरे । रेणुकाका पाँच पुत्र भए रुमण्वान, सुषेण, वसु, विश्वावसु तथा पाँचौं पुत्रको नाम परशुराम थियो । उनै क्षत्रियोचित आचार-विचार वाला पुत्र थिए । एक पटक सद्यस्नाता रेणुका राजा चित्ररथमा मुग्ध भइन् । उनी आश्रममा पुगेपछी मुनिलाई दिव्य ज्ञानबाट समस्त घटना ज्ञात भयो । उनले क्रोधका आवेशमा आएर पटक पटक आफ्नो चार छोराहरूलाई माताको हत्या गर्ने आदेश दिए । किंतु कोही पनि तयार भएन । जमदग्निले आफ्नो चारै पुत्रहरूलाई जडबुद्ध हुने श्राप दिए । परशुरामले तुरन्त पिताको आज्ञाको पालन गरे । जमदग्निले प्रसन्न भएर उनलाई वर माग्नको लागी भने । परशुरामले पहिलो वरमा माताको पुनर्जीवन मागे र फेरी आफ्ना भाईहरूलाई क्षमा दिनको लागी भने । जमदग्नि ऋषिले परशुरामसंग भने कि उनी अमर रहने छन् । एक दिन जब परशुराम बाहिर गएका थिए त्यो समयमा कार्तवीर्य अर्जुन उनको कुटिमा आए । युद्धको मदमा उनले रेणुकाको अपमान गरे तथा उनका बाछाहरूलाई हरण गरेर गए । गाई बाँ बाँ गर्दै रहेकी थिइन् । परशुरामले थाह पाएपछी क्रुद्ध भएर उनले सहस्रबाहु हैहयराजलाई मारे । हैहयराजका पुत्रले आश्रममा धावा बोले तथा परशुरामको अनुपस्थितिमा मुनि जमदग्निलाई मारे । परशुराम घर पुगेपछी धेरै दुखी भए तथा पृथ्वीलाई क्षत्रियहीन गर्ने संकल्प गरे । अतः परशुरामले एक्काइस पटक पृथ्वीका समस्त क्षत्रिहरूको संहार गरे । समंत पंचक क्षेत्रमा पाँच रुधिरका कुण्ड भरे । क्षत्रियहरूको रुधिरबाट परशुरामले आफ्ना पृतीहरूको तर्पण गरे । त्यस समयमा ऋचक साक्षात प्रकट भए तथा उनले परशुरामको यस्तो कार्य गर्नबाट रोके । ऋत्विजहरूलाई दक्षिणामा पृथ्वी प्रदान गरे । ब्राह्मणहरूले कश्यपको आज्ञाबाट उस वेदीलाई खंड-खंड गरेर बाँडे, अतः जुन ब्राह्मणले वेदीलाई परस्पर बाँडेर लिएका थिए तिनीहरू खाण्डवायन भनिए । परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेका थिए ।परशुराम राजा प्रसेनजितकी पुत्री रेणुका र भृगुवंशीय जमदग्निका पुत्र तथा विष्णुका अवतार र शिवका परम भक्त थिए । यिनलाई शिवबाट विशेष परशु (बन्चरो) प्राप्त भएको थियो । यिनको नाम त राम हो तर शंकर द्वारा प्रदत्त अमोघ परशुलाई सदैव धारण गरिरहने कारणले यिनलाई परशुराम भनिन्थ्यो ।
विष्णुका दस अवतारहरू मध्ये छैठो अवतार, जो वामन एवं रामचन्द्रको मध्येमा गनिन्छन । जमदग्निको पुत्र भएको कारण यिनला ‘जामदग्न्य’ पनि भनिन्थ्यो । यिनको जन्म अक्षय तृतीया अथवा वैशाख शुक्ल तृतीयाका दिन भएको थियो । अत: यस दिन व्रत गर्ने र उत्सव मनाउने प्रथा छ । परम्परा अनुसार उनले क्षत्रिहरूको २१ पटक विनाश गरेका थिए । क्षत्रिहरूको अहंकारपूर्ण दमनबाट विश्वलाई मुक्ति दिलाउनको लागी इनको जन्म भएको थियो । परशुरामले शस्त्र विद्या द्रोणाचार्यलाई सिकायका थिए । परशुरामले शुक्राचार्य, बृहस्पति, ब्रह्माजी र शिवजीसँग प्राचीन कालको धनुर्विद्या सिकेका थिए । परशुराम भगवान शिवजीलाई आफ्ना परम गुरु मान्थे । परशुरामलाई एक सच्चा पितृ बचन पालन गर्ने मान्छेको रुपमा पनि लिइएको छ । किन भने उनले पिता जमदग्निको आज्ञाअनुसार आफ्नी माता रेणुकाको हत्या गरेका थिए । एक दिन गन्धर्वहरूको जल विहार देखेर रेणुका मोहित भइन् भन्ने कारणले ऋषि जमदग्निले परशुरामलाई उनकी माता रेणुको हत्या गरिदिने आज्ञा दिएका थिए । परशुरामले पनि निस्संकोच पितृ आज्ञा पालन गर्न रेणुकाको गर्धन काटेका थिए । पछि गएर जमदग्निले खुसी हुँदै आफ्नो आज्ञाको पालना गरेकोमा परशुरामलाई मागे अनुसारको बरदान दिने वाचा गरे । तब परशुरामले आफ्नी मरेकी आमाको पुनर्जीवन मागे । यो देखेर जमदग्निले आफ्नो योग शक्तिले रेणुकालाई जीवित गराए । मातृबधको प्रायश्चित्तका लागि परशुरामले विभिन्न तीर्थहरूको भ्रमण गरेका थिए । परशुराम माता पिताका सच्चा भक्त थिए ।भारतको आसाम राज्यको उत्तरी-पूर्वी सीमामा जहाँ ब्रह्मपुत्र नदी भारतमा प्रवेश गर्छ, त्यहाँ परशुराम कुण्ड छ । यसै कुण्डमा तपस्या गरेर उनले शिवजीबाट परशु प्राप्त गरेका थिए । त्यसै ठाउँमा त्यसलाई विसर्जित गरेका थिए । परशुराम जी सात चिरंजीविहरू मध्ये एक हुन् । इनको पाठ गर्नाले दीर्घायु प्राप्त हुन्छ । परशुराम कुण्ड नामक तीर्थस्थानमा पाँच कुण्ड बनेका छन् । परशुरामले समस्त क्षत्रिहरूको संहार गरेर ति कुण्डहरूको स्थापना गरेका थिए तथा आफ्नो पितृहरूबाट क्षेत्रिय संहारको पापबाट मुक्त हुने वर प्राप्त गरेका थिए ।परशुरामले आफ्नो जीवनकालमा अनेक यज्ञ गरेका थिए । यज्ञ गर्नको लागी उनले बत्तीस हाथ अग्लो सुनको वेदी बनाएका थीए । महर्षि कश्यपले दक्षिणामा पृथ्वी सहित त्यो वेदी लिए तथा फेरी परशुरा


+ There are no comments
Add yours