बढ्यो अम्बा र किवीको मूल्य

१५ वैशाख, काठमाडौं । बजारमा अम्बा र किवीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार यी दुई फलको मूल्य बढेको देखाएको हो ।

आज सोमबार कालीमाटी बजारमा अम्बाको भाउ थोकमा प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार भने अम्बा किलोको १ सय १३ रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार अम्बाको भाउ किलोमा ३७ रुपैयाँ बढेको हो ।

यस्तै ९ चैत २०८१ मा अम्बा प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि अम्बाको मूल्य घटेर किलोको १ सय १० रुपैयाँमा आएको थियो ।

त्यसैगरी आज किवीको मूल्य पनि बढेको छ । आइतबार किवी प्रतिकिलो ४२७ रुपैयाँमा किनबेच भइरहेकोमा आज सोमबार भने ८ रुपैयाँ बढेर ४ सय ३५ रुपैयाँ पुगेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours