माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

१२ वैशाख, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेत स्थित अल मुजैनी एक्सचेन्जसँग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

बैंकले बैशाख ११ गते बिहिबार कुवेत स्थित होटल मिलेनियम साल्मियामा औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसँग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन के.सी.को समुपस्थिति सम्पन्न कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेत स्थित अल मुजैनि एक्चेन्जका महाप्रवन्धक ह्यु फर्नान्डिसले सम्झौता एकआपसमा हस्तान्तरण गरेका हुन् ।

कुवेत स्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणाको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा लगायत गैर आवासीय संघका प्रतिनिधिहरु, कुवेत स्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको पनि उपस्थिति रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours