ट्रम्पको युद्ध रोक्ने प्रयास थप चुनौतीपूर्ण बन्दै, पुटिनलाई गरे आग्रह

१२ वैशाख, काठमाडौँ । कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गरेका छन्।

आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ र ९० भन्दा बढी घाइते भएका छन्। किएभले यो आक्रमणलाई तीन वर्षको युद्धमा राजधानीमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखे, “म कीभमाथिको रुसी आक्रमणबाट खुशी छैन। यो अनावश्यक र गलत समय हो। भ्लादिमिर, रोक! शान्ति सम्झौता गरौँ।”

उनका विशेष दूत स्टिभ विटकोफ चाँडै रुस भ्रमणमा जाने र पुटिनसँग वार्ता गर्ने तयारीमा छन्।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफ्ना सहयोगी राष्ट्रहरूलाई रुसमाथि थप दबाब दिन आग्रह गर्दै आक्रमणलाई ‘सबैभन्दा घातक र दुस्साहसी’ भनेका छन्।

कीभमा रातभरि ७० भन्दा बढी मिसाइल र १४५ ड्रोन प्रहार गरिएका थिए। रुसी पक्षले भने ती आक्रमण युक्रेनको रक्षा उद्योगका लक्ष्यहरूमा केन्द्रित भएको दाबी गरेको छ।

यस आक्रमणले ट्रम्पको युद्ध रोक्ने प्रयासमा थप चुनौती थपिएको देखिन्छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours