ललितपुरको लुभुमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

०७ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ ।

बागमती प्रदेश–०१–००३ क ८७३० नम्बरको ट्यांकरको ठक्करबाट राजन सञ्ज्यालका २ वर्षीय छोरा प्रजनको मृत्यु भएको हो ।

दुर्घटना शनिबार दिउँसो भएको थियो । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours