सुनको भाउमा गिरावट

०५ वैशाख, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको भाउमा गिरावट आएको छ । गत बुधबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ शुक्रबार भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१५.१३ अमेरिकी डलर र चाँदी ३२.४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours