२६ फागुन, काठमाडौं । संघीय संसद्बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक आगामी बुधबार (२८ फागुन) बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखिएको छ ।
सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बुधबारको बैठकमा स्वीकृत भएका अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइनेछ ।
‘बैठक विशेष गरी भोलि २७ गते र २८ गते प्रतिनिधि सभाको बैठक बस्छ । सरकारले अहिले अध्यादेश स्वीकृत भएपछि स्वीकृत अध्यादेश बमोजिम प्रतिस्थापन विधेयक पनि संसद्मा दर्ता गरिसकेको छ,’ बर्तौलाले भने, ‘त्यसलाई कार्यसूचीमा समावेश गर्ने विषयमा आज छलफल भएको हो । त्यसलाई २८ गतेको बैठकमा प्रतिष्थापन विधेयकलाई कार्यसूचीमा समावेश गरेर जाने भन्नेगरीको छलफल भयो ।’
उनले २८ गतेकै बैठकमा विधेयकलाई पेस गरेर प्रक्रिया आरम्भ गर्ने जानकारी दिए ।


+ There are no comments
Add yours