लिपमोटरको टी-०३ ईभी सार्वजनिक : मूल्य २८.९९ लाख, यस्ता छन् फिचरहरु

२० फागुन, काठमाडौं । लिपमोटर ब्राण्डको टी-०३ विद्युतिय कार (ईभी) नेपालमा सार्वजनिक भएको छ । लिपमोटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता साङ्‌ग्रिला मोटर्स प्रालिले सो ईभी मंगलबार काठमाडौंमा सार्वजनिक गरेको हो ।

उक्त समारोहमा बोल्दै साङ्‌ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरीय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गरे । उनका अनुसार लिपमोटर TO3 मा ३७.३ kWh ब्याट्री रहेको छ जसको WLTP रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ । यसमा लेभल २ एडभान्स्ड LEAP पाईलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ । सो ईभीको मूल्य २८ लाख २९ हजार रुपैयाँ रहेको प्रबन्ध निर्देशक गोल्छाले जानकारी दिए ।

‘हामी लिपमोटर TO3 नेपालमा प्रस्तुत गर्न उत्साहित छौं, जसले दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ,’ साङ्‌ग्रिला मोटर्सका प्रबन्ध निर्देशक गोल्छाले भने । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै ब्रान्डको नेतृत्व, दृढता र उत्कृष्टताले यसको मूल्य झल्काउने बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

साङ्‌ग्रिला मोटर्स २०१७ देखि प्यूजोको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ। C10 को हालको लन्च र अहिले लिपमोटर TO3 को लन्चले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ सुदृढ बनाएको छ ।

साङ्‌ग्रिला मोटर्स नेपालमा दिगो सवारीका लागि नयाँ मापदण्ड तय गर्दै नयाँ पुस्तामा विद्युतीय सवारीसाधनहरू उपलब्ध गराएर अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ आकार दिन समर्पित गोल्छाको दाबी छ ।

साङ्ग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसनको सदस्य हो, जसले अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता अनुरुप काम गर्ने कम्पनीको रुपमा परिचित छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours