सामान्य बढ्यो सुनको भाउ

२७ माघ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य सामान्य बढेको छ । साताको अन्तिम कारोबार दिन ४०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८६१.२६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.८२ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours